मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जीत निकालेको छ।
आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो।
लिभरपुरको जीतमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक/एक गोल गरे। पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो।
यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ।
टोलीले ९ खेलमा २१ अंक जोडेको छ। युनाइटेड भने सातौं स्थानमा छ। शीर्षस्थानको चेल्सीको २२ अंक छ।































प्रतिक्रिया