७२ वर्षपछि चीनले ल्यायो सीमा सुरक्षासम्बन्धी नयाँ कानून

७२ वर्षपछि चीनले ल्यायो सीमा सुरक्षासम्बन्धी नयाँ कानून

केन्द्रबिन्दु
0
Shares

चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको छ। भारतसँगको सीमा विवाद बढिरहेको र अफगानिस्तानमा तालिवानले सत्ता सम्हालिरहेको पृष्ठभूमिमा चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको हो। जनगणतन्त्र चीन स्थापना भएको ७२ वर्षपछि बेइजिङ पहिलो पटक सीमा सुरक्षासम्बन्धी नयाँ कानून ल्याएको हो। नयाँ कानून सन् २०२२ देखि लागू हुनेछ। 

चीनको करिब २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ। चीनसँग नेपाल, भारत, भुटान, अफगानिस्तान, पाकिस्तान, म्यानमार, उत्तर कोरिया, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, रसिया, लाओस, मंगोलिया र भियतनामसँग सीमा जोडिएको छ।

१५ अगस्टमा काबुल कब्जा गरेपछि चीनले अफगान सरकारलाई नजिकबाट निहालिरहेको छ। अफगान शरणार्थीको सम्भावित प्रवाहलाई अनुमान गर्दै उसले पछिल्लो समयमा अफगानिस्तानसँगको सीमामा कडाई गरेको छ। चीनको सिन्जियाङ प्रान्तका मुस्लिम उहिगरसँग अफगानिस्तानका मुसलमानको सम्बन्धबारे पनि चीन चनाखो बनेको छ। 

हिमाञ्चल प्रदेशमा सन् २०२० को अप्रिलदेखि भारतीय सेना र चीनका सेनाबीच बारम्बार आमनेसामनेको हुने गरेको छ। ‘क्षेत्रीय सार्वभौमसत्ता र स्थल सीमा रक्षाका लागि देशले प्रभावकारी कदम चाल्नेछ’ नयाँ कानूनमा भनिएको छ।एजेन्सी  

Skip This
Skip This
Logo