साताको तेस्रो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज दुई सयले बढेको हो। आइतबार चार सयले बढेको थियो। सोमबार तीन सयले बढेको थियो।
गत हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। यस्तै सुन बिहीबार तीन सयले बढेको सुन शुक्रबार स्थिर रहेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया