कोरोना अपडेटः ६२२ जना संक्रमण मुक्त, ६६६ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ६२२ जना संक्रमण मुक्त, ६६६ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३७२ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १० हजार २९८ र एन्टीजेनबाट ९४ हजार २१५ पुगेको छ। 

नेपालमा हाल १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Skip This
Logo