धामी बस्दै आएका पूर्णबहादुरले श्रीमती र छोरीको हत्या गरे

धामी बस्दै आएका पूर्णबहादुरले श्रीमती र छोरीको हत्या गरे

केन्द्रबिन्दु
0
Shares

इलामको देउमाई नगरपालिका–५  बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन्। स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन्। 

एक महिनादेखि  धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए। धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ। घटना आज बिहानै  भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

Skip This
Skip This
Logo