लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै

लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै

केन्द्रबिन्दु
0
Shares

टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगकाे शीर्ष स्थानमा फर्किएको छ। मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो। बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन्। 

जीतसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ। मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ। 

दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ। मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ। 

मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेकाे छ। स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले।

Skip This
Skip This
Logo