न्यायाधीशको आन्दोलनपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ

न्यायाधीशको आन्दोलनपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई सर्वोच्च प्रशासनको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका छन् । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्षसमेत रहेका पत्रकार दुर्गा दुलालका अनुसार प्रहरीले अधिकांश पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । 

सर्वोच्च प्रशासनले सूचना विभागको पास भएकालाई प्रवेश दिइने भने पनि हालसम्म पत्रकारले सहज प्रवेश नपाएको उनले जानकारी दिए ।

सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने बुधवारबाट एक्लैले मुद्दाको सुनुवाइ थालेका छन् ।

जबराको बहिर्गमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्दा राखेर आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ थालेका छन् । 

दुई दिनसम्म पेसी तोके पनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै बुधवारबाट इजलासमा मुद्दा आफूलाई समेत तोकेका छन् । 

असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बहिर्गमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् ।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन् । तर, जबराले भने इजलासमा सुनुवाइ थालेका हुन् । सुनुवाइ थाले पनि बहसका लागि कानुन व्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन् । 

Skip This
Skip This
Logo