रुद्र पाण्डे ‘हाम्रो पात्रो’को निर्देशक बोर्डको अध्यक्षमा नियुक्त

रुद्र पाण्डे ‘हाम्रो पात्रो’को निर्देशक बोर्डको अध्यक्षमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोको निर्देशक बोर्डको अध्यक्षमा रुद्र पाण्डे नियुक्त भएका छन्।
हाम्रो पात्रोले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको जानकारी गराएको छ। पाण्डे नेपालका सफ्टवेयर उद्योगका सफल व्यक्तित्व हुन्।

आफ्नो नेतृत्वको श्रेणीमा रुद्र पाण्डेलाई स्वागत गर्न पाउँदा उत्साहित भएको हाम्रो पात्राले जनाएको छ। यो सँगै निर्देशक बोर्डका अध्यक्षका रुपमा रुद्र पाण्डेले हाम्रो पात्राको संस्थापक तथा प्रमुख कार्यकारी शंकर उप्रेतीसँगै रहेर हाम्रो पात्रोका लागि काम गर्ने बताइएकाे छ।

विश्वभरी छरिएर रहेका लाखौं नेपालीहरुलाई नेपाल र नेपाली संस्कृतिसँग जोड्नका लागि हाम्रो पात्राेले महत्वपूर्ण योगदान दिइरहेको छ।

हाम्रो पात्रो सन् २०१० मा सामान्य पात्रोको रुपमा थालनी गरेर आज नेपालकै सबैभन्दा ठूलो मोबाइल प्लेटफर्मको रुपमा स्थापित भैसकेको छ। हाम्रो पात्रो एक करोडभन्दा बढी पटक डाउनलोड भएको नेपालकै एउटा लोकप्रिय एप हो। 

हाम्रो पात्रोले नेपाली क्यालेन्डर, समाचार, रेडियो प्रसारण, ज्योतिष सेवासहितका सेवा तथा सुविधा प्रवाह गरिरहेको छ।

Logo