ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ब्रासिलिया । ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५ सय ३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३ सय ६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९ सय ६५ जना सङक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी सङ्क्रमित निको भएका छन् । ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै सङ्क्रमित हुने देशमा पर्दछ । अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट सङ्क्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन् ।–रासस/सिन्ह्वा

Logo