टी-२० विश्वकपः पाकिस्तानको लगातार तेस्रो जीत, अफगानिस्तान ५ विकेटले पराजित

टी-२० विश्वकपः पाकिस्तानको लगातार तेस्रो जीत, अफगानिस्तान ५ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जीत हात पारेकाे छ। शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा  पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जीत हात पारेको हो।

जीतका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो। पाकिस्तानको जीतमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए। आसिफ अली २५ रनमा अविजित रहे।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए। मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए 

यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो। अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे। गुलबदीन नईब ३५ रनमा अविजित रहे।

पाकिस्तानका स्पिनर ईमाद वासिमले २ विकेट लिए। शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा  न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो। तेस्रो जीतबाट ६ अंक बनाउँदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। तेस्रो जीतसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ। 

Skip This
Skip This
Logo