बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगाम होफेनहेमले हेर्था बर्लिनलाई २-० गोल अन्तरले पराजित गरेको छ। शुक्रबार भएको दसौँ चरणको पहिलो खेलको १९औँ मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

भ्रमणमा रहेकाे बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औँ मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।  पहिलो हाफमा २-० ले पछि परेको बर्लिनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेन।

निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा डेरड्रिक बोयाटाले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको बर्लिनले त्यसपछि गोलका अवसर सृजना गर्न सकेन।

सुरुआतदेखि नै हाबी बनेको होफेनहेमले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै बुन्डेसलिगामा चौथो जित निकाल्यो। कूल १० खेलबाट १४ अंक जोडेको होफेनहेम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ।

१२ अंक बटुलेको बर्लिन तालिकाको १०औँ स्थानमा छ। शीर्ष स्थानको बायर्न म्युनिखले ९ खेलबाट २२ तथा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले पनि समान ९ खेलबाट २१ अंक जोडेको छ।

Logo