सरकारले गएराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ।
आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९६ पुगेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ। पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
निगमले विज्ञप्ती मार्फत अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले आगामी तीन दिन पछिफेरी पनि मूल्य बढ्न सक्ने बताएको छ ।
.jpg)































प्रतिक्रिया