आइसिसी टी-ट्वान्टी विश्वकपः दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

आइसिसी टी-ट्वान्टी विश्वकपः दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकाले आइसिसी टी-ट्वान्टी  विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जीत हात पारेको छ। जीतको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो।

दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए।  डेविड मिलर २३ रनमा अविजित रहे। श्रीलंका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याटि्रक सहित  २० रन खर्चेर तीन विकेट लिए। दुश्मन्था चामिराले दुई विकेट लिए।

यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो।

श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए। दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन विकेट लिए।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो।

Logo