वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन्। 

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ। वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो। ५ मंसिरभित्र दरखास्त दिइसक्नु पर्नेछ।

Skip This
Skip This
Logo