पहिलाे पटक एक जनालाई कोभिड देखिएपछि ‘टोङ्गा’मा लकडाउनको तयारी

पहिलाे पटक एक जनालाई कोभिड देखिएपछि ‘टोङ्गा’मा लकडाउनको तयारी

केन्द्रबिन्दु
0
Shares

कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ। महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन्। त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ। महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ। तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ।

प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो। न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ। अहिलेसम्म एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन्।

तर, एक जनामा कोभिड देखिएपछि  हजाराैं मानिस खोप लगाउन हतारिएका छन्। खोप पाउने आशामा अहिले मानिसहरु खोप केन्द्रमा जम्मा भएका छन्। सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ। प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन्। 

कसरी सर्‍यो भाइरस?
टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो। उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन्। उनी घर फर्किदै थिए। सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ।एजेन्सी

Skip This
Skip This
Logo