सुरु भयो राष्ट्रिय जनगणना २०७८

सुरु भयो राष्ट्रिय जनगणना २०७८

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । 

जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो । हिजो कात्तिक १३ गतेबाट  देशभर मुख्य गणनाका लागि गणकहरूको तालिका सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिए । 

यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ । काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाहरूमा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरूको तालिमको व्यवस्था गरिएको पनि काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताउनु भयो ।

केन्द्रीय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ । सोही गणनाका लागि गणकहरूको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताएका थिए ।

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणकहरू सो तालिममा सहभागी भएका छन् । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रीय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।

Logo