टी-२० विश्वकप: आज दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल

टी-२० विश्वकप: आज दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल

केन्द्रबिन्दु
0
Shares

टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन्। खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। 

दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ। त्यसैले दुवै टोलीलाई जीत अनिवार्य छ। 

समूह-१ मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। यता, श्रीलंका र वेस्ट इन्डिज क्रमश: चौथो र पाँचाैंमा रहँदा बंगलादेश पुछारमा छ। 
 
मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ। खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ। पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ। पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो। 

नामिविया भने दोस्रो जीतको खोजिमा हुनेछ। नामिवियाकाे दुई खेलबाट एक जीतसहित २ अंक छ। समूह-२ मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया  क्रमशः तेस्रो र चौथो स्थानमा र छन्। लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन्।

Logo