अपराजित रहँदै झापाले जित्याे भेट्रान्स कपको उपाधि

अपराजित रहँदै झापाले जित्याे भेट्रान्स कपको उपाधि

केन्द्रबिन्दु
0
Shares

एफडी खुमलटार भेट्रान्स क्लबलाई  पराजित गर्दै झापा भेट्रान्स एफसी 'मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता' को विजेता बनेको छ। 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको फाइनल  खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो। 

प्रतिस्पर्धात्मक खेलमा झापालाई जीत दिलाउन श्यामकुमार घलेले दुई गोल गरे। यस्तै  खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए।

प्रतियोगितामा झापा अपराजित रहँदै विजेता बन्न सफल भएको हो। 

लिगकप नकआउट प्रणालीमा खेलाएकाे यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो।  

प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले  दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ।

Logo