काठमाडौं ।
कोभिड १९ को संक्रमणसँगै सबैतिर भौतिक दूरी कायम गर्नु पर्ने अवस्था छ । यसैकारण सरकारले शैक्षिक संस्थाहरु खोल्न अनुमति दिएको छैन तर भौतिक दूरी कायम गरेरै विद्यालय संचालन गर्न सक्षम शैक्षिक संस्था हो, काठमाडौं वर्ल्ड स्कुल ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा अवस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ । यस स्कुलले कक्षा १ देखि ५ सम्म इन्टरनेशनल आइपिसी करिकुलम अनुसार र कक्षा ११ र १२ मा नेपालको पाठ्यक्रम अनुसार अध्ययन अध्यापन गराउँदै आएको छ । उच्च मावि अन्तर्गत विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायमा अध्ययन अध्यापन गराउँदै आएको यस स्कुलमा हाल करिव ७ सय विद्यार्थी अध्ययनरत छन् ।
यस कलेजको कलात्मक र अत्याधुनिक भौतिक पूर्वाधार र शैक्षिक नतिजाले तपाईलाई थप गौरवान्वित बनाउने कुरामा कुनै शंका छैन । नेपालमा मात्रै होइन छिमेकी मुलुक भारत र अमेरिकामा समेत नभएको अत्याधुनिक सुविधा यस स्कुलले प्रदान गर्दै आइरहेको छ जहाँ पुग्ने जो कोहीलाई लाग्न सक्छ ‘के यो नेपालकै स्कुल हो ?’ नेपालका अन्य निजी विद्यालयको क्षेत्रमा यो विद्यालय भौतिक संरचनामा अनुकरणीय रहेको कुरामा दुईमत छैन ।
२१ औं शताब्दीको विश्वका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापित यस स्कुलले नेपालमै पनि सुविधा सम्पन्न पूर्वाधार खडा गरी अभिभावकले चाहे जस्तै उत्कृष्ट शिक्षा प्रदान गर्न सकिन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । सूर्यविनायक नगरपालिकाले समेत विशिष्ट श्रेणीको शिक्षण संस्थाको रुपमा मनोनित गरेको यस स्कुलको भौतिक संरचना र सुविधा हेर्दा निकै महंगो जस्तो देखिए पनि यहाँ निम्न, सम्पन्न तथा सामान्य वर्गका विद्यार्थीहरुले पनि मज्जाले अध्ययन गर्न सक्छन् । विद्यार्थीहरुको मानसिक, शारिरीक तथा संवेगात्मक अभिवृद्धिका लागि यस स्कुलले इन्टरनेशनल स्ट्यान्डर्डको सुविधाहरु उपलब्ध गराएको छ ।































प्रतिक्रिया