काठमाडौं उपत्यकामा आज ६४५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ६४५ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना थपिएका हुन् । विहिबार ७५५ जना थपिएका थिए । बुधबार ६३७ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १६ हजार २६८, भक्तपुरमा १ हजार ७८७ र ललितपुरमा १ हजार ९१९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १९ हजार ९८४ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४५५ छ । विहिबार ४५७ जना निको भएका थिए । बुधबार १ हजार ८९३ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । विहिबार १७ जनाको मृत्यु भएको थियो । बुधबार ७ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । आज १ हजार ३१३ जना थपिएका छन् । विहिबार १ हजार ४९७ जना थपिएका थिए । बुधबार १ हजार १७२ जना थपिएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १८ हजार २८९ छ । आजको पिसिआर परिक्षण १२ हजार २६२ रहेको छ ।

Logo