हवाई सेवा प्रदायक कम्पनीहरूले बढाए हवाई भाडा

हवाई सेवा प्रदायक कम्पनीहरूले बढाए हवाई भाडा

केन्द्रबिन्दु
0
Shares

आन्तरिक उडानको हवाई भाडा बढेको छ। हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो। वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ। काठमाडौं-धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ। यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ।

अन्यत्र भन्दा डोटी–साँफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ। यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो। पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेसँगै हवाई भाडासमेत बढाउनु परेको संघले बताएको छ।

सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले सार्वजनिक गरेको हो। तिहारकै बेला हवाइ भाडा बढेपछि अब यात्रुले गोजीमा थप रकम जोहो गर्नुपर्ने भएको छ। तिहारका बेला मानिसको आउजाउ बढ्ने गर्छ।

Skip This
Skip This
Logo