युईएफए च्याम्पियन्स लिग: अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

युईएफए च्याम्पियन्स लिग: अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

केन्द्रबिन्दु
0
Shares

युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जीत हात पारेका छन्। 

बुधबार रातिको जीतसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। 

जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३–१ ले विजयी भयो।  १-० ले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले एक एक गोल गरे। 

यता, डर्टमण्डको लागि मार्काे रेउसले पेनाल्टीमा गोल गर्दै ३७ मिनेटमा अग्रता बनाएका थिए। 

गएराति नै भएको अर्काे खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४–० गोल अन्तरले पराजित गर्‍यो। स्पोर्टिङको एकोहोरो जीतमा पेड्रो गोन्काल्भेसले दुई गोल तथा पौलिन्हो र पाब्लो सरवियाले एक एक गोल गरे। 

चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अजाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ। समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ। बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ। 

Logo