विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला प्रयोग गर्ने देशहरुसहित विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन्।
कोइला जलवायु परवर्तनको मुख्य कारक हो। तर, अस्ट्रेलिया, भारत, चीन र अमेरिका जस्ता कोइलामा अत्यधिक निर्भर हुने देशहरुले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन्। हस्ताक्षकर्ता देशहरुले नयाँ कोइला उर्जा उत्पादनमा लगानी नगर्ने पूर्ण प्रतिबद्धता जनाएका हुन्।
मुख्य अर्थतन्त्र भएका देशले सन् २०३० सम्म र कमजोर अर्थतन्त्र भएका मुलुकले सन् २०४० सम्ममा कोइला अन्त्य गर्ने सहमति पत्रमा उल्लेख छ। भियतनाम, चिलीसहित १८ देशले कोइला उद्योगमा लगानी नगर्ने भनेर पहिलो पटक सहमत भएका हुन्।एजेन्सी





























प्रतिक्रिया