११.११ को पूर्वसन्ध्यामा, दराजले ११ प्रख्यात सेलिब्रेटीहरूसहित, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र माल्भिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्न गइरहेको छ।
यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागि नयाँ टिभिएस रेडर लगायत राम्रा पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ। उक्त कार्यक्रम विशेषरूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिनेछ।
लाइभस्ट्रिमिङ विगत केही वर्षहरूमा निकै लोकप्रिय हुँदै गईरहेको छ। यसको मुख्य कारण भने कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरन्जनको नयाँ तरिकाको खोजीमा आफ्नो ऊर्जा अनलाइन सारे र यसरी नै लाइभस्ट्रिमिङ अहिले आफैंमा एक ठूलो उद्योग भएको छ। चीनको लाइभस्ट्रिमिङ उद्योग मात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ र विश्वव्यापीरूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४.३ अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको छ।
यसो भनिरहँदा, नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहको, दराजले भदौ २०७८(सेप्टेम्बर २०२१)मा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ प्रयोगकर्ताको सामु पेश गर्यो । नेपालमा अनलाइन किनमेललाई पुनः आविष्कार गर्ने दृष्टि राखी र अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
अनलाइन सपिंग र मनोरञ्जनलाई मिलाएर, दराज लाइभले नवीन र रमाइलो अनुभव प्रस्तुत गर्दछ जहाँ ग्राहक, ब्रान्ड र बिक्रेताहरूले दराज एप मार्फत प्रत्यक्ष छलफल, उत्पादन प्रदर्शन र एकै साथ खरिद गर्ने समृद्ध अनुभव प्राप्त गर्न सक्दछन् ।
दराज लाइभ मार्फत, दराजले दक्षिण पूर्व एशियाको अग्रणी ई–कमर्स प्लेटफर्म लजाडाले सुरु गरेको ल्याज लाइभको सफलतालाई दोहोर्याउने लक्ष्य राखेको छ । अप्रिल २०२० मा, ल्याज लाइभले २७ लाख भन्दा बढी नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्यो र त्यसपश्चात उक्त क्षेत्रको बिक्रेता, व्यवसाय र उपभोक्ताहरूको संलग्नता र मनोरन्जनको सबैभन्दा मनपर्नेे मञ्च भएको छ।
वर्षकै सबैभन्दा ठूलो सेल–११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भाउचरहरू जित्नका लागि, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एप मार्फत दैनिक दराज लाइभमा जोडिन सिफारिस गरेको छ।





























प्रतिक्रिया