आज लक्ष्मी पूजाको शुभ साइत कति बेला?

आज लक्ष्मी पूजाको शुभ साइत कति बेला?

केन्द्रबिन्दु
0
Shares

तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्न सकिने वरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन्। 

फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उनले सो कुरा बताएका हुन्। ज्यो. सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साईत १८ गते (आज) साँझ १७:५५ बजेदेखि १८:५३ बजेभित्र रहेको छ। 

आफ्नो प्रस्तुतिमा ज्यो. सुवेदीले शुद्धमन विचार एवं चिन्तन र सकारात्मक सोँच राखेर आफू जहाँ जुन अवस्थामा रहिएको छ र त्यहाँ उपलब्ध हुने सक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने बताएका हुन्। 

पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैंले पूजा गर्न सकिने विधि, यसैगरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुन सकेन भने मानसिक पूजा गर्न सकिने विधिलगायतका बारेमा पनि उनले बताए। 

Skip This
Skip This
Logo