काठमाडौं ।
के तपाई आधुनिक र संस्कारयुक्त शिक्षा आर्जन गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाईका लागि सही गन्तव्य हुन सक्छ, राजधानीको चावहिलमा अवस्थित टेक्सस इन्टरनेशनल कलेज ।
अँध्यारो औंसीको रातपछि पनि उज्यालो पूर्णिमाको रात आउँछ भन्ने भनाइलाई आत्मसाथ गर्दै कोभिड १९ लाई अवसरमा बदल्न तम्तयार छ टेक्सस इन्टरनेशनल कलेज । मलेसियाको लिङ्कन युनिभर्सिटीबाट सम्वन्धन प्राप्त यस कलेजले आधुनिकता र संस्कारयुक्त शिक्षामा विस्वास गर्दै विद्यार्थीको करिअर निर्माण गर्ने उद्धेश्यमा समर्पित छ ।
सन् २००९ मा स्थापित यस कलेज उच्चकोटीको नतिजा प्रदान गर्न सवल र सक्षम छ भन्ने कुरा घाम जत्तिकै छर्लंग भइसकेको छ । कुशल व्यवस्थापकीय टिमद्वारा संचालित यस कलेजमा दक्ष तथा अनुभवी विषय विषयविज्ञहरुबाट अध्ययन अध्यापन हुँदै आएको छ ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि यस कलेजले विभिन्न ठाउँमा इन्टर्नशीपका लागि पठाउने गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले सैद्धान्तिक योग्यतासँगै प्रयोगात्मक ज्ञान समेत हासिल गर्दै आएका छन् ।
मेन्टेश्वरीदेखि मास्टर लेबलसम्म पढाइ हुने यस कलेजमा कक्षा ११ देखि मास्टरसम्म विज्ञान, मानविकी, व्यवस्थापन तथा कानुनी संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । स्नातक तहमा बिएससि सिएसआइटी, बिसिए, बिबिएम, बिबिए, बिबिएस, बिएसडब्लु, बिसिए, बिसिएसका प्रोग्रामहरु संचालनमा भने मास्र्टसमा एमबिए र एमबिएसको अध्ययन अध्यापन हुँदै आएको छ ।
विद्यार्थीको करियर बनाउनका लागि भरपूर लगानी गरिरहेको यस कलेजले सिपमुलक शिक्षामा जोड दिदै आएको छ । नेपालको गुणस्तरिय शिक्षामाथि प्रश्न उठाएर अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्न जाने अवस्था नआओस् भन्नका लागि टेक्सस कलेज सँधै सचेत र सजक रहँदै आएको छ ।





























प्रतिक्रिया