भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन

भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। कोरोना संक्रमणपछि उपचाररत ७४ वर्षीय एसपी बालासुब्रमण्यको चेन्नईस्थित एक अस्पतालमा निधन भएको हो।

पछिल्ला दिनहरूमा उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको समाचार स्रोतहरुले उल्लेख गरेका छन् । गायक बालासुब्रमण्यममा गत ५ अगस्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनका छोरा चरण एसपीका अनुसार बालासुब्रमण्यमको एमजीएस अस्पतालमा निधन भएको हो ।

विभिन्न भाषाका ४० हजार बढी गीत गाएका एसपीले ६ पटक नेशनल अवार्ड जितेका थिए। ‍उनको निधनले यतिबेला बलिउड गीत स‌ंगीत क्षेत्र शोकमा डुबेको छ । गायक बालासुब्रमण्यमले तेलुगू फिल्म क्षेत्रबाट आफ्नो करियर सुरु गरेका थिए ।एजेन्सी

Logo