जाजरकोटमा ट्रक दुर्घटना: दुई जनाकाे मृत्यु, एक बेपत्ता

जाजरकोटमा ट्रक दुर्घटना: दुई जनाकाे मृत्यु, एक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे। 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ। १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ। 

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन्। धनबहादुर चालक हुन्।

Skip This
Skip This
Logo