तिहारको चौंथाे दिन मधेसमा ‘हुराहुरी’ पर्व मनाइँदै

तिहारको चौंथाे दिन मधेसमा ‘हुराहुरी’ पर्व मनाइँदै

केन्द्रबिन्दु
0
Shares

तिहारको चौंथाे दिन शुक्रबार जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा हुराहुरी पर्व मनाइँदैछ। 

गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरीमा पशुद्वारा पशुपशुलाई नै हत्या गराइने चलन रहेको दलित तत्मा समाजका केन्द्रीय अध्यक्ष रामअषिश दासले जानकारी दिएका छन्। बिस्तारै यो पर्व लोप हुने अवस्थामा पुगे पनि जनकपुरको कवड हल, शिवपुर, धनुषाको रमदैया लगायतका स्थानमा हुँदै आएको छ।

गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुँगुरलाई मार्ने गर्छन्। गाई वा भैँसीले सुँगुर मारेपछि सुँगुरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ। वर्षभरि एकपटक मनाइने सो पर्व हेर्न सयौँ स्थानीयवासीको भीड लाग्ने गर्छ।

Logo