टी-२० विश्वकप क्रिकेटः भारतद्वारा स्कटल्याण्ड ८ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेटः भारतद्वारा स्कटल्याण्ड ८ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

भारतले टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ। गए राति भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको ८६ रनको सामान्य लक्ष्य भारतले ६ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि ओपनर केएल राहुलले ५० र रोहित शर्माले ३० रन बनाए। यस्तै बलिङतर्फ स्कटल्याण्डका ब्राड ह्वील र मार्क वाट्टले समान १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १७ ओभर ४ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो। ​स्कटल्याण्डका लागि जर्ज मुन्सीले २४, मिचेल लेस्कले २१, क्यालुम म्याकलिओडले १६ रन बनाउँदा मार्क वाटले १४ रन बनाए।

स्कटल्याण्डलाई सस्तैमा समेट्न  भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले ३-३ तथा जसप्रित बुमराहले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए। जारी विश्वकपमा भारतको यो दोस्रो जीत हो। जीतसँगै सेमिफाइनल पुग्ने भारतको सम्भावना कायमै छ।

स्कटल्याण्ड भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

Logo