मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिको सिटी ।

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय समय अनुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ ।

मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ ।रासस

Skip This
Skip This
Logo