महिला उपमेयर कपको दोस्रो चरण आजबाट सुरु हुँदै

महिला उपमेयर कपको दोस्रो चरण आजबाट सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछन्। प्रतियोगितामा आज दुई खेल हुनेछन्। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह 'ए' को विजेता झापाको कनकाइ नगरपालिका र समूह 'जे' को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ। खेल दिउँसो १२ बजे सुरु हुनेछ। 

यस खेलको विजेताले बुधबार समूह 'जी' को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। 

अर्को खेल समूह 'एफ' को विजेता दाङकाे तुलसीपुर नगरपालिका र इलामको राेङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ। 

यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह 'आइ' को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलिलाई दश समूहमा विभाजन गरिएको छ। 

प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए। उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।

Skip This
Skip This
Logo