राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ।































प्रतिक्रिया