सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए। जिपका चालक फरार रहेका छन्।
बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए। घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाइएको उनले बताए। दुर्घटनाको कारण खुलेको छैन।































प्रतिक्रिया