माैसम पूर्वानुमान महाशाखा भन्छ, ‘हाल नेपालमा उल्लेखनिय मौसमी प्रणालीको असर छैन’

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बुधबार

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

बिहीबार

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

शुक्रबार

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

Logo