विदेशमा अलपत्र ७५ हजार स्वदेश फर्किए, ३५१ शव पनि ल्याइयो

विदेशमा अलपत्र ७५ हजार स्वदेश फर्किए, ३५१ शव पनि ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनका कारण विदेशमा रोजगारी र व्यवसाय गुमाएका ७० हजार नेपाली स्वदेश फर्किएका छन् । यसरी फर्किएका बाहेक विदेशमा रोजगारी र व्यवसाय गुमाएका नेपालीको संख्या यो भन्दा दोब्बर रहेको सरकारी अध्ययनले नै देखाएको छ ।

बिगत २ महिनामा विदेशमा अलपत्र ७५ हजार नेपालीको उद्धार गरिएकोमा ११ श्रम गन्तव्यबाट मात्र लगभग ६७ हजार नेपाली फर्किएका छन् । यसरी नेपाली श्रमिक फर्कने देशहरु युएई, कतार, साउदी अरब, मलेसिया बहराईन, कुवेत, ओमान, कोरिया र जापानबाट धेरै आएका छन् । यी देशबाट फर्केका ५ प्रतिशत नेपाली भने अध्ययन र अन्य प्रयोजनका लागि गएर फर्कनेको संख्या रहेको छ ।

वैदेशिक रोजगारीबाट फर्कनेको संख्याको तुलनामा विदेश जाने भने अत्यान्त न्यून मात्र रहेका छन् । विदेश जान श्रम स्वीकृती दिए पनि कतार, साउदी र बहराइन तर्फ भने नेपाली जान पाएका छैनन् ।

असार १ गतेबाट विभिन्न श्रम गन्तव्य लक्षित हवाई उडान नियमित भएपछि नेपाल फर्कने श्रमिक लगायत अन्य व्याक्तिको संख्या बुधबारसम्म ७४ हजार ७०३ पुगेको देखिन्छ । सरकारले बिदेशबाट ७५ हजार अलपत्र नेपालीलाई उद्धार गरेपनि यसमा देखिएको सुस्तता, महँगो हवाई भाडा र फर्किएको श्रमिकको व्यवस्थापनमा भएको समस्यामा भने आलोचना हुँदै आएको छ । सरकारले चार्टर्ड उडानको भाडा दोब्बर महँगो मात्र भएको जनाए पनि कतिपय देशबाट लिईएको भाडा तोकिएको दोब्बरभन्दा पनि बढी तिर्नु परेको नेपालीले जनाएका छन् । यसका साथै कतिपय श्रमिक महंगो भाडा तिर्न राजी हुँदा समेत स्वदेश फर्कन नपाएकोमा आक्रोसित भएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) का एक अधिकारीले बुधबारसम्म ३२ देशबाट ७४ हजार ७०३ नेपाली र ३५१ शव ल्याएको जनाउँदै उद्धार नियमित गर्ने जनाएका छन् ।

सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको भएपनि नेपाल आउन टिकट काटेर प्रतिक्षामा रहेका नेपालीको संख्या भने हाल आएका नेपाली भन्दा दोब्बर बढी रहेको छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति र नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा २ महिना यता दैनिक औषत ८०० नेपाललाई स्वदेश फर्काइदै आएको छ ।

बुधबारसम्म मलेसियाबाट ११ हजार ७७, युएई २१ हजार ९१६ जना, कुवेतबाट ८ हजार १७८ नेपालीहरु फर्किएका छन् । यो तथ्यांक बुधबार ४ बजेसम्म नेपाल फर्किएका मुख्य श्रम गन्तव्य हो । यसैगरी कतारबाट ९ हजार ८५६, साउदी अरबबाट ११ हजार ११७ फर्किसकेका छन् । साउदी अरब स्थित नेपाली दुताबासमा स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै नेपाली श्रमिकले धर्ना गरेपछि उद्धार संख्यालाई बढाईएको छ । यसका लागि सरकारले साउदीमा थप ४ चार्टड उडान थप गरेको छ । यसैगरी जापानबाट १ हजार ७५४ अफगानिस्तान ५० दक्षिण कोरिया १ हजार ४४७ नेपालीको उद्धार गरिएको छ ।कारोबारबाट

Logo