दिल्लीको वायु गुणस्तर निकै खस्किएको छ। प्रदूषणका कारण मानिसहरुमा श्वासप्रश्वास र आँखासम्वन्धी समस्या देखिन थालेको छ।
दिल्लीको वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स) एक्कासी बढेको हो।
दिल्लीको दुई सहरको वायु गुणस्तर सूचांक ७०० नाघेको छ। सामान्यतया शून्यदेखि ५० सम्मको वायुको गुणस्तरलाई राम्रो मानिन्छ। त्यस्तै, ५० देखि १०० सम्मको वायुको गुणस्तर सन्तोषजनक मानिन्छ।
औसतमा दिल्लीको गुणस्तर सूचांक ३६० छ। दिल्लीका विभिन्न क्षेत्रलाई प्रदूषणका दृष्टिले रेड जोन घोषणा गरिएको छ। पन्जाबमा खेतबारीमा लागेको आगो र दीपावलीमा पटका पड्काउँदा फैलिएको धूँवा नयाँ दिल्लीसम्म पुग्दा प्रदूषण बढेको बताइएको छ।एजेन्सी





























प्रतिक्रिया