ए डिभिजन लिग: संकटा र यु-क्यानबीच सम्झौता

ए डिभिजन लिग: संकटा र यु-क्यानबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

आसन्स सहिद स्मारक ए डिभिजन लिगको क्लब संकटा क्लब र यु-क्यानबीच स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा आज सम्झौता भएको छ ।

सहिद स्मारक ए डिभिजन क्लब संकटाले आज एक कार्यक्रमको आयोजना गरी यु क्यानसँग सम्झौता पत्रमा हस्ताक्षर  गरेको हो । यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ ।

यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरूलाई प्रयोजन गरेको बताए । यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रूपमा जोडिएको संकटालाई बैङ्कले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए । यस्तै अध्यक्ष तुलाधरले मुख्य प्रायोजकको लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफानो लाग्ने बताए । सोही कार्यक्रममा रवि सिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ । जस मध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावेश रहेका छन् ।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदै छ । जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन् । नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ । जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो यूथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदै छ ।

Logo