माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश स्वीकृत

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश स्वीकृत

केन्द्रबिन्दु
0
Shares

माछापुच्छ्रे बैंकको २३ ‌औं साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत गरेको छ। सभाले ०.७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो।

यससँगै बैंकको आर्थिक वर्ष ०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको ०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पनि पारित भएको छ।

साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्तापूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ।

माछापुच्छ्रे बैंकका १६२ वटा शाखा लगायत १५४ शाखारहित बैकिङ्ग सेवासमेत गरी ३१६ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालित छन्।

Skip This
Skip This
Logo