आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अभिलाषाको जोडी पहिलो

आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अभिलाषाको जोडी पहिलो

केन्द्रबिन्दु
0
Shares

नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरेको हो।

त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जीत निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।

ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए। नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए। 

उनीहरूलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए। 

सर्किट–१ शनिबारसम्म चल्नेछ। त्यसपछि सर्किट–२ का खेलहरू खेलाइनेछ।

Logo