आजको पात्रो : २८ कात्तिक,आइतबार । १४ नोभम्बर (नेपाल संवत ११४२ कछलाथ्व)। कात्तिक शुक्लपक्ष दशमी तिथि। आज धादिङको फूलखर्क गंगाजमुनामेला मेला लाग्छ। काठमाडौंको बलम्बुमा महालक्ष्मी यात्रासमेत हुने हुन्छ।
चन्द्रमा कुभ्म राशिमा पूर्वभाद्रपदा नक्षत्र रहेको छ। आज सूर्योदय ६ः२५ मा भयाे भने सूर्यास्त १७ः१० मिनेटमा हुनेछ। आजको देवता भग र ग्रहदेव सूर्यनारायण छन्। आइतबारका दिन सूर्यनारायणको दर्शन गर्दा दिन नैं उर्जामय हुन्छ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापारव्यवसाय बाट लाभ हुनेछ। परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका लागि साथ सहयोग पाउनुहुनेछ। मेष राशि भएकालाई आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ। बिहानको उदाउदो सूर्यको दर्शन गरेर काम सुरु गर्दा दिनभर उर्जा र कार्यसिद्ध हुनेछ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईँका लागि आजको दिन अनुकूल छ। मनमा मानसिक चिन्ता, अनसन्तुष्टि रहन सक्छ। यात्राका लागि अवसर आउनसक्छ। त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ। यात्रामा निस्कनुभन्दा अघि नजिकैको कुनै पनि देवीदेवताको दर्शन गरेर यात्रा गर्दा आजको दिन तपाईँका लागि अनुकूल हुनसक्छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ। त्यसैले मिथुन राशी भएकालाई आजको दिन मौन रहनु बेस हुनेछ। परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्न सक्छ। आर्थिक समस्याका कारण मनमा अनेक चिन्ता र विवाद हुनसक्छ। तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ असहयोग हुनेछ। दाम्पत्यजीवनमा विवाद हुनसक्छ। स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्न सक्छ। आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । आफूले गरिरहेको व्यापारव्यवसाय र कामबाट तपाईँलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईँको मनमा विजय प्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ। मनमा अह्कार बढ्नसक्ने छ। त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ। अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ। अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ। आजको दिन विवाद हुने काम नगर्नुहोला। विवाद गर्दा तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ। सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले सफलता मिल्नेछ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ। आजको दिन अनुकूल छ। कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुलेसमेत कार्यप्रशसा गर्नेछन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ। आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा साथ सहयोग हुनसक्छ। नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिनेछ। परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईँको लागि उत्तम दिन हो। व्यापारव्यवसाय, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ। त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दक्षिण दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन तपाईँलाई चन्द्रमामा साथ छ। बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। अर्थ लाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ। आजको दिन बालबालिकालाई केही मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ। सोचअनुसारको काम हुँदा मनमा प्रसन्नता छाउने छ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
व्यापारमा हुने मीन राशी भएकालाई दिन उत्तम छ। धनलाभ प्राप्त हुने योग छ। यात्राबाट अनावश्यक खर्च हुनेछ। परिवारका सदस्य र मित्रले यात्राको प्रस्ताव गर्नसक्छन यस्तो बेला मीन राशी भएकाले यात्रा गर्दा विचार गर्नुपर्ला। व्यापारबाट आंशिक सफलता भएपनि अध्ययन अध्यापनमा लाग्ने सफलता मिल्नेछ। आजको दिन नियमित कामबाहेक अन्य नयाँ काममा समय नदिएको राम्रो हुनेछ।































प्रतिक्रिया