दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड कतार विश्वकप तथा युरोपियन छनोट खेलमा बराबरीमा रोकिएको छ। शनिबार राति भएको समूह ‘जी’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोसँग २-२ गोलको बराबरी खेलेकाे हाे।
नेदरल्यान्डले मेम्फिस डिपाएको गोलमा २-० को अग्रता बनाएका थियो। खेलको २५ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका मेम्फिसले ५४ मिनेटमा दोस्रो गोल गरेका थिए।
तर, घरेलु टोली मोन्टेनेग्रोका इलिजा भुकोटिक र निकोला भुजनोभिकले खेल बराबरी पुर्याए। इलिजाले ८२ मिनेटमा गोल गरे भने निकोलाले खेलको ८६ मिनेटमा बराबरी गोल गरेका थिए।
समूह ’जी’ कै अन्य खेलमा टर्कीले जिब्राल्टारलाई ६–० गोल अन्तरले पराजित गर्दा नर्वे र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
नवौं चरणको खेलसँगै २० अंक बनाएको नेदरल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप सम्भावना कायम राखेको छ। समान १८ अंक बनाएको टर्की दोस्रो स्थानमा रहँदा गोल अन्तरका आधारमा नर्वे तेस्रो स्थानमा छ।
मोन्टेनेग्रो १२ अंकसहित चौथो स्थानमा रहँदा लात्भिया पाँचौं स्थानमा छ भने जिब्राल्टार पुछारमा छ।





























प्रतिक्रिया