नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८० पैसा र बिक्री दर ११९ रुपैयाँ ४० पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ९० पैसा र बिक्री दर १३६ रुपैयाँ ५८ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १० पैसा र बिक्री दर १५९ रुपैयाँ ९१ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ११ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८५ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको छ।

Logo