काेराेना अपडेटः ३४८ जना संक्रमण मुक्त, ३०६ जनामा संक्रमण पुष्टि

काेराेना अपडेटः ३४८ जना संक्रमण मुक्त, ३०६ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४७७ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ९६६ र एन्टीजेनबाट ९५ हजार ८७ पुगेको छ। 

नेपालमा हाल ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन्।

Logo