एयर गनसहित थापाथलीबाट एक जना पक्राउ

एयर गनसहित थापाथलीबाट एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयर गनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिवार थापाथलीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले उक्त हतियार काठमाडौँ महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo