एनएमबि बैंकले भिडियो कल गरेर ५ मिनेटमा खाता खोल्न सकिने योजना सार्वजनिक गरेको छ । आइतबार बानेश्रको एभरेस्ट होलटमा आयोजना भएको एक कार्यक्रमका बीच बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।
भिडियो केवाईसी ल्याएसँगै एनएमबि बैंक नेपाली बैंकिङ जगतमै पूर्ण रूपमा डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ । ग्राहकहरूले विश्वको जुनसुकै देशमा बसेर पनि भिडियो केवाईसी विधिबाट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरूले कार्यालय समयमा एनएमबिमा भिडियो कल गरेर खाता खोल्न खोल्न र आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । भिकेवाईसीका लागि ग्रहाकहरुले http://vvc.nmb.com.np मा गएर आफ्नो विवरण अपडेट गराउन सक्ने बैंकले जनाएको छ ।
ब्राण्ड एम्बेस्डरमा पल शाह
यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुंदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन् । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले श्री शाह संग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको रहेकाे छ ।

बैंकको एम्बेस्डर भएर काम गर्न पाएकोमा अभिनेता शाहले खुसी व्यक्त गरेका छन् । बैंक र शाह बीच एक वर्षकाे सम्झौता भएको हो ।
त्यसै गरी शाहलाई एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियली स्वागत गर्न पाउँदा खुशी लागेको बैंकले जनाएको छ ।
बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।





























प्रतिक्रिया