काठमाडौं ।
करिब १६ वर्षदेखि नेपाली टेलिभिजनमा आफ्नै लेखन निर्देशनमा टेलिसिरियल निर्माण गर्दै आएका किशोर भण्डारी “डिट्ठा साब”काे “अड्डा” टेलिसिरियल प्रशारणमा आउन थालेकाे छ । Dish home को comedy plus channel no.107 मा मंगलबार राति ९ बजे “अड्डा” टेलिसिरियल प्रशारणमा आउने बताइएकाे छ ।
महको मह चौतारीबाट अभिनय यात्रा सुरु गरेका किशोरले तीतोसत्य, जिरेखुर्सानी, मेरीबास्सै , लगायत ५० चलचित्रमा अभिनय गरेका छन् । ५२ घुस्सा ५३ ठक्कर टेलिसिरियलमा लेखन अभिनय गर्दा रेश्मा तिमल्सिना “बुनुमैचा” सँग भेट भएपछि हर्के हल्दार निर्माणसँगै डिट्ठा साबमा निर्देशन सहयोगी चलचित्र चङ्गामा निर्माता हुँदै अड्डासम्म साथ दिदै आएकी छिन् ।
यस्तैमा कलाकार किशोर भण्डारी पनि हाँस्यश्रृंखला ‘अड्डा’ को तयारीमा जुटेका छन् । यस अगाडि गत ९ भदौबाट प्रशारणमा आउने तय भएको यो श्रृंखला सरकारले ३ भदौबाट जारी गरेको निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रशारण स्थगित भएको थियो । अब भने असोजको पहिलो साता मंगलबारबाट यो श्रृंखला प्रसारणमा आउने भएको हाे ।
‘केही दिनदेखि स्वास्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकन गरेका छौं’ किशोरले भने– सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको किशोरले जानकारी दिए ।
किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखला डिस होमको कमेडी प्लस च्यानलबाट मंगलबार राति ९ बजे प्रशारणमा आउनेछ । लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । श्रृंखला प्रशारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’ बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।
सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउँछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ’ भण्डारीले श्रृंखलाको कथाको बिषयमा बताए ।
श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र. जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह,अजय अधिकारी सुशील, सुशील फुयाल,कुशल खनाल,श्याम बहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतको कलाकारको अभिनय देख्न सकिनेछ ।
प्रवेश पोखरेलको छायांकन, दुर्लभ श्रेष्ठको सम्पादन, समीर मिया को भिएफएक्स , वसन्त सापकोटाको स्वर संगीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिना निर्देशन सहयोग रहनेछ।





























प्रतिक्रिया