राप्रपाद्वारा विधान मस्यौदा समिति गठन

राप्रपाद्वारा विधान मस्यौदा समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षद्वयको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको बैठकमा तीन अध्यक्षद्वयको सहमतिमा उक्त समिति गठन गरेको हो ।

पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

समिति सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले रहेका छन् । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने सचिवालय प्रमुख भास्कर भद्रा र धुव्रबहादुर प्रधानद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूरा विज्ञप्ति:

 

Skip This
Skip This
Logo