बन्द सफल पार्न भन्दै सडकमा निस्किएका ११ जना बन्दकर्ता पक्राउ

बन्द सफल पार्न भन्दै सडकमा निस्किएका ११ जना बन्दकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए। 

सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ। सडक र बजार सुनसान छ।

Skip This
Skip This
Logo