मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
आगलागी पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम छ। मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरूलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सोमबार राति भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए।





























प्रतिक्रिया